दफा १५
जगेडामा रहेको अवधिमा रोजगार सम्बन्ध कायमै रहने
: (१) कार्यस्थलमा कुनैविशेष परिस्थिति उत्पन्न भएमा रोजगारदाताले कार्य स्थगन गरी श्रमिकलाई जगेडामा राख्न सक्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “विशेष परिस्थिति” भन्नाले बिजुली, पानी, कच्चा पदार्थ वा आर्थिक स्रोतको अभाव भएको वा काबुबाहिरको कुनै परिस्थिति परी कार्यस्थलमा पुग्न वा काम गर्न नसकिने वा कार्यस्थल सञ्चालन हुन नसक्ने अवस्था सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम कुनै श्रमिक जगेडामा रहेको अवस्थामा त्यस्तो श्रमिक र रोजगारदाताबीच रोजगार सम्बन्ध कायमै रहनेछ ।
(३) दश जना वा सोभन्दा बढी श्रमिक कार्यरत रहेको रोजगारदाताले उपदफा (१) बमोजिम श्रमिकलाई पन्ध्र दिनसम्म जगेडामा राख्न सक्नेछ तर सोभन्दा बढी समयको लागि जगेडामा राख्नु परेमा आधिकारिक टेड युनियन वा श्रम सम्बन्ध समितिसँग परामर्श गर्नु पर्नेछ ।
(४) श्रमिकलाई जगेडामा राख्नेसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।